HomeEnglishपश्चिम सिक्किमको लोवर बर्मेक संस्कृत विद्यालयले विभिन्न कार्यक्रम गरि मनायो वार्षिकोत्सव

पश्चिम सिक्किमको लोवर बर्मेक संस्कृत विद्यालयले विभिन्न कार्यक्रम गरि मनायो वार्षिकोत्सव

सिक्किम, २३ डिसेम्बर

पश्चिम सिक्किमको लोवर बर्मेक संस्कृत विद्यालयले आज विभिन्न कार्यक्रम गरि वार्षिकोत्सब यानी सत्रान्त समारोह २०१९ मनाएको छ। मातृभूमि भारतम मातृ भाषा संस्कृतमको मुल उदेश्य लिएर सम्पन्न भएको यस कार्यक्रममा सिक्किम सरकारको संस्कृत बिभाग शिक्षा अतिरिक्त निर्देशक एच पी ढकाल मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए भने साथमा बिभागका पाठ्यपुस्तक अधिकारि मिनि शर्मा , समन्वयक लक्ष्मी प्रशाद अधिकारी ,विस्णु नेउपाने विद्यालयका प्राचार्य डि आर नेउपाने , विद्यालय परिवार विद्यालय समिति लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रथम चरणमा यसै विद्यालयका विद्यार्थीहरु द्वारा तयार पारेको प्रयोगात्मक कर्मकाण्डीय प्रदर्शनी ( स्ट्ल )हरुको भ्रमण गरेका थिए । वार्षिकोत्सबमा महत्त्वपुर्ण बिषय र वार्षिक प्रतिवेदन विद्यालयका शिक्षाक टि एम शर्माले राखेकी थिइन् भने कार्यनवाही प्राचार्य डिआर शर्माले स्वागत सम्बोधन राखेका थिए ।विद्यार्थीहरुद्वारा रोचक संस्कृति अनि साहित्यिक कार्यक्रमको साथ सम्पन्न भएको कार्यक्रममा संस्कृत बिभागका पाठ्यपुस्तक अधिकारी मिनि शर्मा अनि समन्वयक अधिकारी लक्ष्मी शर्माले पनि संस्कृत भाषाको उत्तथान संरक्षण माथी प्रकाश पारेका थिए । विद्यालय संरक्षण समितिका अध्यक्ष भानुभक्त शर्माले यस विद्यालयमा शिक्षकहरु कमि भएको र कतिपय शिक्षकहरु कमिटीले चाएको बताए । उनले अन्य सरकारी विद्यालयसरह यस संस्कृत विद्यालयमा पनि पुस्तकालय , प्राचार्यको माङ, अनि अन्य पुर्वधार माङहरु राखे। कार्यक्रममा मुख्य अतिथि साथै बिशिस्ट अतिथिलाई दोसल्ला वोडाएर स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम सरकारका संस्कृत बिभाग अतिरिक्त निर्देशक एवं मुख्य अतिथि एच पि ढकालले विश्व संस्कृत भाषाको आधारले धनी छ, सबै भाषाको जननि मानिने भाषाको उतथान बारे हामीले अघि बड्नुपर्ने बताएका छन् ।

सिक्किममा संस्कृत धेरै बिकास भएको बताउदै बर्मेक गाउँ संस्कृतमय बनोस् भन्ने बताएका छन् । उनले संस्कृत बिभागमा कार्यरत रहेर भाषाको निम्ति धेरै काम गर्ने अवसर मिलेको बताएका छन् । सिक्किममा संस्कृत भाषाको उत्थान र बिकास बारे धेरै काम गर्ने जस्मा सिक्किमको जन मानसले सहयोग पुर्याउनुपर्ने बताए । यस बाहेक अहिलेको शिक्षा प्रणालीमा धेरै गिरावट आएको छ जस्मा त्यो कुनै बिकास होइन , शिक्षाको बिकास गर्नलाई कर्मचारी बन्नु सिमित नरहेर समाजको शिक्षित मान्छे बन्नु नै बिकास हो उनले भने। जनवरी २०२०मा संस्कृत भाषाको एक महत्त्वपूर्ण तालीम गराउने जानकारी दिए। यस विद्यालयमा भएको शिक्षकको कमि रहेकाले आवस्यक शिक्षक दिने अस्वाशन दिए। स्कुलको सबै कुरा बिभागलाई थाहा हुँदैन त्यस्मा विद्यालयले बार – बार बिभागलाई घोच्नु पर्ने बताए । उनले विद्यालयमा पुस्तकालयको निम्ति आफ्नु ब्याक्तिगत तर्फबाट पुस्तक प्रायोजन गर्ने बताएका छ। संस्कृत भाषा भनेको देशको बिकास हो यस भाषाको अध्यनले भाषा साहित्य , संस्कृतिको बिकास हुन्छ तर कतिपय अशिक्षित प्रथाले भाषालाई धर्ममा परिणत गरेर कर्मकाण्डमा मात्रै सिमित राख्दा भाषाको लोप भैरहेको छ यो चिन्ताको विषय रहेको बताए । संस्कृत भाषाले बिकास र बिज्ञानको अविस्कार गर्यो तर हामी भाषा अध्यन गर्न सारो परेको छ जो चिन्ताको बिषयहो भन्दै यस्तो महान भाषाको उत्थान र बिकाशमा जोड दिनुपर्ने बताएका छन् । यसै विद्यालयका शिक्षक लक्ष्मी नेपालले संचालन गरेको कार्यक्रममा वार्षिकोत्सबमा विद्यार्थी नानीहरूलाई स्मृति चिन्ह प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...