HomeFeatureपाँच वर्षमा १ अर्बको तास आयात

पाँच वर्षमा १ अर्बको तास आयात

20 अक्तूबर 2021

नेपालमा चाडबाडका बेलामा तास (प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुन्छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर, यसरी खेलिने तास देशभित्र उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ । बितेको पाँच वर्षमा मात्रै नेपालमा ६ करोड ६२ लाख प्याकेट तास (प्लेइङ कार्ड) आयात भएको छ । भन्सार विभागका अनुसार यो पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो । चालु आर्थिक वर्षको तथ्यांक पनि जोड्ने हो भो आँकडा १ अर्ब १० करोड रुपैयाँ नाघ्छ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक रोड ३४ लाख प्याकेट तास आयात भएको थियो । त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको विभमागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७५/७६मा अहिलेसम्मकै सबैभन्दा धेरै १ करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूलयको तास नेपाल भित्रिएको थियो । आर्थिक वर्ष २०७४/७५मा १४ करोड ५७ लाखको १ करोड २१ लाख प्याकेट तास भित्रिएको थियो । आर्थिक वर्ष २०७३/७४मा १ करोड १५ लाख प्याकेट तास १४ करोड ५६ लाख मूल्यमा आयात भएको थियो । दशैं अघि मात्रै ५ करोड ३१ लाख मूल्यको तास नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...