HomeFeatureपानीघट्ट सौरेणी समष्टि अन्तर्गत पुटुङ्गमा पानीको समस्या, गोरामुमो जनचेतना संघर्ष समितिले गर्यो...

पानीघट्ट सौरेणी समष्टि अन्तर्गत पुटुङ्गमा पानीको समस्या, गोरामुमो जनचेतना संघर्ष समितिले गर्यो समाधानको अपील

दार्जीलिङ, 14 जनवरी 2020/ कयेश अंसारी

गोरामुमो जनचेतना संघर्ष समितिले पानीघट्ट सौरेणी समष्टि अन्तर्गत पुटुङ्गमा यथाशीघ्र पिउने पानीको समस्या समाधान गर्न सम्बन्थित निकायको ध्यानाकर्षण गराएको छ । गोरामुमो जनचेतना संघर्ष समितिले स्थानियको गुनासोपछि पानीघट्ट सौरेणी समष्टि अन्तर्गत पुटुङ्गमा निरीक्षण भ्रमण गरेको छ ।

२०० घर रहेको पुटुङ्गमा निरीक्षणको क्रममा पानीको ठूलो समस्या रहेको भेटिएको समितिका अध्यक्षा मन्जिला तामाङले जानकारी दिनुभयो ।  २०१८ मा पुटुङ्गमा PHE बाट एउटा जलपरियोजना अन्तर्गत एउटा टंकी बनाइएपनि टंकीमा पानीनै नरहेको र जुन स्रोतबाट पानी आउनु पर्ने त्यहाँ पानीको पाईप नरहेको भनिएको छ । अहिले पुरानो टंकीबाट पानी आईरहेको भएपनि त्यहाँ प्लास्टिकको पाईप बिछ्याइएको जानकारी तामाङले दिनुभयो ।

स्थानीय बासिन्दाहरुको भनाई अनुसार पुटुङ्गमा पानीको समस्याको कारण नयाँ टंकी र नयाँ स्रोतबाट पानी ल्याउने कामको थालनी गर्नु पर्ने हो तर पुरानै स्रोतबाट नै पानी ल्याउने प्रयास भइरहेको छ ।

पानीको कमि भएकाले नयाँ स्रोतबाट पानी ल्याउने कोशिश किन गरिएको भन्दै मन्जिला तामाङले प्रश्न गर्नुभयो । तामाङले यहाँका स्थानीय बासिन्दाहरुको पानीको समस्याबारे सम्बन्धित विभागहरुलाई निरीक्षण गर्न अपील गर्दै जलपरियोजनामा ठेकदारले गरेको हेलचेक्राईमा कारवाही गर्न आग्रह गर्नुभयो ।

उहाँले यस बिषयलाई लिएर सम्बन्धित विभागहरुको ध्यानाकर्षण गर्न ज्ञापनपत्रसमेत बुझाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...