HomeFeatureपार्टीको मतभेदको बारेमा ओलीलाई छलफलमा आउन माधव नेपालको आग्रह

पार्टीको मतभेदको बारेमा ओलीलाई छलफलमा आउन माधव नेपालको आग्रह

काठमाडौ, 5 अप्रैल 2021
नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ ।पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा नेता नेपालले आइतबार काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विवाद समाधानका निम्ति छलफलमा आउन सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । समस्याको समाधान बैठकबाट खोज्नुपर्ने उहाँले बताउनुभयो । आफु अनुकुल नहुँदा बैठक नै नराख्ने प्रवृत्ति ओलीसँग रहेको भन्दै ओलीलाई सुधार्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौं । छलफल गरौँ । तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुपर्यो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त पर्यो । बस्नका लागि संगठन चाहियो । संगठनको बैठक चाहियो । बैठकमा उपस्थित हुनुपर्यो ।

नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि पार्टी कमिटी २०७५ साल जेठ २ गतेको अवस्था अगाडीबाट चलाउनुपर्ने बताउनुभयो । त्यसबेलाको संगठनात्मक संरचनालाई यथावत् राखेर र पदाधिकारीहरुलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

 उहाँले भन्नुभयो ‘अहिले पनि भनिरहेका छौँ पुरानो ठाउँमा आउनु भनेको के हो त ? २०७५ साल जेठ २ गतेमा जानु भनेको विघटन गरिएको पार्टीलाई फेरी ब्युताउनु हो । त्यो बेलाको संगठनात्मक संरचनालाई यथावत राख्नु, जो जो नेतृत्वमा थिए उसलाई स्वीकार गर्नु, जो जो पदाधिकारी थिए उसलाई मान्नु । जो जो सदस्य थिए त्यसलाई स्वीकार गर्नु यही होइन र ? तर उहाँले स्वीकार गर्न चाहानुभएन । एकलौटी रुपमा मनपरी ढंगले आफुसँग सहमत नभएका व्यक्तिहरुलाई फाल्न थाल्नुभयो ।’

नेता नेपालले आफुहरु चुप लागेर नबस्ने बताउनुभएको छ । नवौँ महाधिवेशनमा थोरै मत अन्तरले मात्रै आफु ओलीसँग पराजित भएको स्मरण गराउँदै उहाँले अझैपनि आफुहरुको ४२ जिल्लामा बर्चश्व रहेको र तल्लो कमिटीमा बहुमत रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...