HomeFeatureपिपुल्स भोलेन्टियर्सद्वारा ‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान संचालन

पिपुल्स भोलेन्टियर्सद्वारा ‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान संचालन

काठमाण्डौ, 21 अगस्त 2021

माधव नेपालको पक्षमा उभिदै आएको राष्ट्रिय युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्सले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा पनि सफाई गरेको छ । ‘महिनाको २ दिन २ घण्टा राष्ट्रका लागि’ अभियान संचालन गरेको पिपुल्स भोलेन्टियर्सले शनिबार बिहान १ घण्टा त्रिभुवन विश्वविद्यालय परिसरमा सरसफाई गरेको हो । राष्ट्रप्रतिको युवाहरुको दायित्वबोध गराउन आफूहरुले स्वयमसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरुमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खम भण्डारी शाहीले जानकारी दिनु भयो । उहाँले राष्ट्र निर्माणको अभियानमा स्वयमसेवी ढंगले अघि बढन पनि सबै युवाहरुलाई आह्वान गर्नु भयो।

नेता भण्डारीले भन्नु भयो, ‘हाम्रो समाजमा जुन सचेत युवाहरु छन । सक्रीय युवाहरु छन । उनीहरुलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन कम्तिमा पनि महिनाको २ दिन २ घण्टा राष्ट्र निर्माणका लागि स्वयम्सेवी ढंगले योगदान गर्न प्रेरित गर्ने गरी यो अभियान सुरु गरेका छौं । म राष्ट्र निर्माणको यो अभियानमा सबै युवाहरुलाई सहभागी हुन आह्वान गर्दछु ।

पिपुल्स भोलेन्टियर्सले यस अघि काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पताल परिसरमा पनि सफाई गरेको थियो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सचेत युवाहरुको पंक्ति ठूलो भएकाले उनीहरु संलग्न संस्थाहरुको सफाई अभियान सुरु गरेर राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन आफूहरुले चाहेको पिपुल्स भोलेन्टियर्सको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...