HomeFeatureपीएम कप टी–ट्वान्टी क्रिकेट: नेपाल एपीएफ क्लबले जितेयो प्रतियोगिताको उपाधि

पीएम कप टी–ट्वान्टी क्रिकेट: नेपाल एपीएफ क्लबले जितेयो प्रतियोगिताको उपाधि

काठमाडौं, 19 जनवरी 2022

नेपाल एपीएफ क्लबले पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ । उप–विजेता बनेको पुलिसले तीन लाख प्राप्त गरेको छ । टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । प्रतियोगितामा नेपाल एपीएफ क्लबका मोहमद आशिफ शेख सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले ३० हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पुलिस क्लबका कुशल भुर्तेल चुनिए ।  यस्तै उत्कृष्ट बलर लुम्बिनीका अनिल खरेल चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २०÷२० हजार प्राप्त गरे  । विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतले पुरस्कृत गरे । यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको पीएम कप यस पटक भने टी–ट्वान्टी फर्म्याटमा भएको हो । ओमानमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले टी–ट्वान्टी फर्म्याटमा प्रतियोगिता गर्न गरेको हो । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...