HomeFeatureपुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण

पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण

काठमाडौं, 15 सितम्बर 2021

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई नै हस्तान्तरण गरेको छ । २०७२ सालको गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणको पुर्याएको प्राधिकरणले निर्देशक समितिको निर्णय अनुसार बुधबार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी पुनर्निर्माणको बाँकि काम सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरेको हो । गत भदौं ९ गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले भदौं मसान्तभित्र पुनर्निर्माणको बाँकि काम सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार निजी आवास, एकीकृत बस्ती विकास, सहरी भवन पुनर्निर्माणको बाँकि काम सहरी विकास मन्त्रालय, पुरातत्वसँग सम्बन्धित बाँकि काम पुरातत्व विभाग, शैक्षिक क्षेत्रसँग सम्बन्धित काम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघ अन्तरगतको पुल, सडक पुनर्निर्माणको बाँकि काम स्थानीय पूर्वाधार विकास विभागलगायतका सरकारी निकायलाई हस्तान्तरण गरिएको प्राधिकरणकी सहसचिव यमुना प्रधानले जानकारी दिनु भयो । प्राधिकरणले पुनर्निर्माणको बाँकि कामलाई सम्पन्न गर्न आवश्यक बजेट र जनशक्तिको पनि व्यवस्था गरिएको स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको बाँकि काम गर्न कुनै समस्या हुन्छ कि भनेर प्राधिकरणको म्याद भने आगामी पौष ९ गतेसम्मका लागि तय गरिएको जानकारी पनि दिनु भयो । उहाँले त्यतिबेलासम्म हस्तान्तरण गरिएको कामहरु सम्पन्न गर्न आवश्यक सहयोग सम्बन्धित निकायलाई गर्ने आफूहरुको जिम्मेवारी रहेको पनि पटकपटक दोहोर्याउनु भयो । प्राधिकरणले सबै पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । हाल निर्माणाधिन अवस्थामा रहेका पुरातात्विक तथा ऐतिहासिक महत्वको धराहरा, रानी पोखरी, सिंहदरवार, नारायणहिटी संग्राहलय अन्तरगतको रणोद्धिप दरवारको पुनर्निर्माण, विश्व बैंकसँग सम्बन्धित केही कार्यक्रमहरु पनि बाँकि अवधिमा प्राधिकरण आफैले सम्पन्न गर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माणाधिन विशेष खालका आयोजनाहरुको बाँकि काम प्राधिकरण आफैले पौष ९ गते भित्र सम्पन्न गर्ने योजना तय गरिएको पनि स्पष्ट पार्नु भयो । प्राधिकरणले पुनर्निर्माणको बाँकि काम सम्पन्न गर्न सरकारी निकायहरुलाई आवश्यक पर्ने नीतिगत तथा कानुनी समस्या तत्काल समाधान गर्ने निर्णय निर्देशक समितिको बैठकले गरेको छ । प्राधिकरणले नेपालले पुनर्निर्माणको क्षेत्रमा ऐतिहासिक काम गरेको दावी गर्दै त्यो अनुभव अन्तराष्ट्रिय समुदायसँग पनि पुर्याउने योजनाका साथ आगामी मंसीर २१ गतेदेखि २३ गतेसम्म ‘नेपालको पुननिर्माणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलन’ आयोजना गर्ने तयारी पनि गरेको छ । पुनर्निर्माणको क्षेत्रमा नेपालले पाएको सफलता अन्य मुलुकका लागि पनि उपयोगी हुने भएकाले सो अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने निष्कर्षमा पुगिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो । प्राधिकरणले पुनर्निर्माणको काममा साथ दिने सबै राजनीतिक दल,  नागरिक समाज,  जनप्रतिनिधि, सञ्चारकर्मी सबैप्रति आभार पनि व्यक्त गरेको छ । यता हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुनर्निर्माणको बाँकि काम आफूहरुले समयमै सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गर्दै प्राधिकरणले त्यसका लागि आवश्यक सबै खालको सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो । प्राधिकरणले हस्तान्तरण गरेको बाँकि पुनर्निर्माणको काम सम्बन्धित सरकारी निकायले छिट्टै सम्पन्न गर्ने र त्यसका लागि कुनै पनि समस्या भए तत्काल समाधन गर्न सहजीकरण गर्ने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...