HomeFeatureपूर्वआईजीपीद्वारा पुलिस एकेडेमी महाराजगञ्जबाट हटाउने निर्णय खारेजीको माग

पूर्वआईजीपीद्वारा पुलिस एकेडेमी महाराजगञ्जबाट हटाउने निर्णय खारेजीको माग

काठमाण्डौ, 4 अगस्त 2021

नेपाल प्रहरीका १४ जना पूर्वआइजीपीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकसाथ भेटेका छन् । बुधबार देउवालाई भेटेर महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने अघिल्लो सरकारको निर्णय खारेज गर्न ज्ञापनपत्र बुझाएका छन् । सरकारले पुलिस एकेडेमी हटाउन गरेको निर्णय अदूरदर्शी, अव्यवहारिक र अवैज्ञानिक रहेको समेत पूर्वआइजीपीहरुले ज्ञापनपत्रमा भनेका छन् । १३० रोपनी ३ आना जग्गा रहेको एकेडेमीलाई काभ्रेको पनौतीमा सार्ने निर्णय ओली सरकारले २१ भदौ २०७५ मा गरेको थियो । यो कदमको निकै आलोचना भएको थियो । ओली सरकार ढलेपछि पूर्वआइजीपीहरुले ज्ञापन पत्र नै लिएर बुझाउनुलाई अर्थपूर्ण मानिएको छ । उनीहरुको मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक भएको बुझिएको छ । ज्ञापनपत्र बुझाउन पूर्वआइजीपीहरु मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, ठाकुरप्रसाद ज्ञवालीलगायत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...