HomeFeatureपूर्वकोषाध्यक्ष पौडेलले पनि राप्रपा छाडे

पूर्वकोषाध्यक्ष पौडेलले पनि राप्रपा छाडे

काठमाडौं, 9 फरवरी 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । बुधबार विहान पौडेलले सामाजिक संजालमार्फत स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ, आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु’ पौडेलले लेखेका छन् । राप्रपामा कमल थापा निकट भनेर चिनिएका पौडेल पूर्व कोषाध्यक्ष पनि हुन् । तर गत मंसिरमा भएको महाधिवेशनमा उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । पार्टीको विवाद मिलाउन नसकेपछि बसिरहनु उचित नदेखेर छाडेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...