काठमाडौ, 6 नवम्बर 2021
पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनीको हातबाट भाईटीका लगाउनुभएको छ। पूर्व राजा शाहले भाइटीकाको शुभसाइतमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको हो । पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुग्नुभएको थियो । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन शनिबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।









































