HomeFeatureप्रकाशमान सिंहद्वारा शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप

प्रकाशमान सिंहद्वारा शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप

काठमाण्डौं, 26 अगस्त 2021

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाउनुभएको छ । बिहीवार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरुलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताउनुभएको हो । उहाँले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरुलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताउनुभयो । नेता सिंहले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताउनुभयो ।

नेता सिंहले भन्नुभयो, “विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने, तर पार्टी सभापति भएपछि हरेक ४ वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधान अनुसार नगर्ने, गरेको भए अहिले यो अवस्था आउँथ्यो ?गर्छु गर्छु भन्ने तर कामबाट पुष्टि गर्न नसक्ने, मुख्य कुरा पार्टी सभापतिले पार्टीको विधानअनुसार सबैलाई सम्मान रुपमा क्रियाशील सदस्यताको क्राइट एरिया एकनाश हुनुपर्यो नि, आफ्नो मान्छोलई क्राइट एरिया नचाहिने, त्यस्तो नि हुन्छ, यदि उहाँले त्यसमा पनि जबर्जस्ती गर्नुभयो भने हामीलाई पनि काँग्रेसको इतिहास थाहा छ, कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टी भित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं ।

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँदली भएको बताउनुभयो । उहाँले नेपाली काँग्रेस जस्तो डेमोक्रेटिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताउनुभयो । नेपाली काँग्रेस जस्तो डेमोक्रेटिक पार्टीको मूल्य, मान्यता र आदर्शको राजनीति पहिचान कसैको चाहना र व्यक्तिगत मानका लागि नहुने भन्दै

नेता सिंहले भन्नुभयो, “नेपाली काँग्रेसको अहिले १४ औँ महाधिवेशनको ५ औँ पटक कार्यतालिका संसोधन गरेर फ्ल्यास भएको छ, अब यहाँ कस्तो भएको छ भने नेपाली काँग्रेस भनेपछि डेमोक्रेटिक पार्टी हो, त्यसैले महाधिवेशन निष्पक्ष र धाँदलीरहित हुनुपर्छ भोटर लिस्ट टाइम्ली अपडेट गरेको हुनुपर्छ, क्रियाशील सदस्य नै हाम्रो भोटर लिस्ट हो, ७७ जिल्लामै क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ, विधि प्रक्रिया पूरा नगरी क्रियाशील सदस्य छानिएको छ, आफ्नो पक्षमा ल्याउनका लागि यो भएको छ, त्यसैले हरक जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्यो, कसैको विशेष इन्ट्रेसमा, पार्टी कब्जा गर्ने नाममा क्रियाशील सदस्यताको चयनमा व्यापक धाँदली भएको छ ।

नेता सिंहले आफ्नी आमा तथा महिला हकहित कर्मी स्व. मंगला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरुलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरुले आफ्नो हकहित सुरक्षाका लागि अझै लड्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...