काठमाण्डौँ, 25 फरवरी 2020
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ। काँग्रेस नेता महेन्द्र नारायण निधिको ९८ औँ जन्म जयन्तीका आवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरी एकपटक काँग्रेसले प्रजातन्त्रका लागि लडनुपर्ने अवस्था आउन सकने बताउनुभएको हो। उहाँले प्रजातन्त्रका लागि कुनैपनि समयमा अन्तिम लडाई लडनुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गर्नुभयो। कुनैपनि किसिमको हिंसाबाट मुक्त समाज स्थापित गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने समेत बताउनुभयो।
सभापति देउवाले कांग्रेस भित्र केही विवादहरु देखिएपनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको समेत बताउनुभयो। तर राष्ट्रको हितका लागि कांग्रेस सँधै एकजुट भएर लडाई लडेको भन्दै अव पनि अन्तिम लडाई लडन तयार रहेको बताउनुभयो।









































