काठमाडौं, २५ फरवरी, २०२०
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले मंगलबार फागुन १४ गते बुधबार आम शैक्षिक हडतालको घोषणा गरेको जानकारी दिएको हो ।
क्रान्तिकारीका अध्यक्ष डि.बि. शाहीले जारी गरेको विज्ञप्तिमा शैक्षिक हडताल सफल पार्न आग्रह गरिएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार देशव्यापी शैक्षिक हड्तालको घोषणा गरिएको क्रान्तिकारीले जनाएको हो ।
फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरीरहेको बेला काठमाडौँबाट क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफतार गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाएको छ ।









































