HomeFeature'बजेट' जनतालाई लालच दिएर भोट किन्ने षडयन्त्र: चित्रबहादुर केसी

‘बजेट’ जनतालाई लालच दिएर भोट किन्ने षडयन्त्र: चित्रबहादुर केसी

नयाँ दिल्ली, 30 मे 2021                                       

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगामी–अधिनायकवादीहरुले नेपाली जनतालाई खरिद विक्रीको बस्तु बनाउने कोशिस गरेको बताउनु भएको छ । केपी ओलीको प्रतिगामी एवं राष्ट्रघाती कदमका विरुद्ध मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न विरोध सभालाई सम्बोधन गर्दै भन्नुभयो, “चुनावको मिति घोषणा गरेको प्रतिगामी कामचलाउन सरकारले अध्यादेश मार्फत पूर्ण बजेट पेश गरेको छ । जो प्रतिगामी अधिनायकवादी कदमको निरन्तरता हो । सामान्य मान्यता अनुसार चुनावको मिति घोषणा भइसकेपछि कुनै पनि नयाँ योजनाहरु घोषणा गर्न मिल्दैन । त्यो चुनावी आदर्श आचार संहिता अनुसार जनतालाई लालच दिई उनीहरुको अमुल्य भोट खरिद गर्नु हो । अहिले खुल्ला रुपबाट दल तथा सांसदहरु मात्र होइन, आम जनतालाई समेत खरिद फरोस्तको बस्तु बनाउने कोशिस गरेका छन् । ओलीको त्यो षडयन्त्रबाट जोगिंदै प्रतिगमन विरुद्धको आन्दोलनलाई अगाडि बढाउनुको विकल्प छैन ।”
“नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको परिणामका कारणले नेपालमा गणतन्त्रको स्थापना भएको थियो । जनताले वामगठबन्धनलाई दुई तिहाई बहुमत दिएका थिए । वामगठबन्धनका दुई ठूला घटक एमाले र माओवादीले पार्टी एकता गरेर नेपालमा स्थायी सरकार बनाएका थिए ।” केसीले भन्नु भयो– “तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टी भित्रको अन्तरकलह मिलाउन नसकेको र आफ्नो सत्ता जोगाउन अलोकतान्त्रिक, असंवैधानिक कदम चाल्दै संसद विघटन गरे । सर्वोच्चले संसदको पुनस्थापना गरेपछि नैतिकताको आधारमा राजीनामा दिई देशलाई राजनीतिक निकाश दिनुपर्नेमा षडयन्त्रपूर्वक ढंगबाट स्वयच्छाचारी, प्रगामि र अधिनायकवादी कदम चाल्दै पुनः संसद विघटन गराएका छन् ।”
“आफ्नो असंवैधानिक कदमलाई अगाढि बढाउन प्रतिगामी कदमको विरोध गरेका राजनीतिक दलहरुका सांसदहरुलाई प्रलोभन दिने र आफ्नो पक्षमा लैजाने प्रयत्न गरे ।” केसी अगाडि भन्नु भयो “भारतीय साम्राज्यवादको आशिर्वाद प्राप्त गर्न र मधेशवादी दलहरुलाई खुशी पार्न उनीहरुले उठाउँदै आएको नागरिकता संशोधन ऐनलाई अध्यादेश मार्फत जारी गरेका छन् ।” नागरिकता संशोधन ऐनलाई अध्यादेशले नेपालमाथि जनसंख्यात्मक हमला गरि नेपालको राष्ट्रियतालाई कमजोर बनाउने र नेपाललाई फिजीकरण गर्दै सिक्किमीकरणको दिशामा बढाउने भारतीय साम्राज्यवादी योजनालाई बाटो खोलेको केसीले बताउनु भयो ।

महासचिव के.एन. रामचन्द्रनले पूँजीवादद्वारा विश्वस्तरमा प्रकृतिको अत्याधिक दोहनका कारणले पर्यावरणमा भएको परिवर्तनको दुष्परिणाम स्वरुप कोरोना महामारी फैलिएको बताउनु भयो ।
“यदि समय मै सचेत भई पर्यावरणको रक्षा गर्न नसकेको खण्डमा कोरोना भन्दा भयानक अर्को महामारी आउन सक्छ ।” महासचिव के.एन. रामचन्द्रनले अगाडि भन्नु भयो “पूँजीको होडवाजीमा व्यस्त साम्राज्यवादी शक्तिले पर्यावरणको रक्षा गर्न सक्दैन । पर्यावरण सम्बन्धि उसको चिन्ता देखावटी मात्र हो । आम श्रमजिवी जनताको नेतृत्वमा गठित सरकारले नै पर्यावरणको रक्षा गर्न सक्छ ।”
का. रामचन्द्रनले नेपाली जनताले चलाएको प्रतिगमन विरुद्धको आन्दोलनलाई भारतीय मेहनतकश जनता र आफ्नो पार्टीको तर्फबाट ऐक्यवद्धता प्रकट गर्नु भयो ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले पनि सो कार्याक्रमलाई सम्बोधन गर्नुभएको थियो । वहाँहरुले पनि नेपालको राजनीतिक स्थिरताका लागि प्रतिगन विरुद्धको आन्दोलनलाई अगाडि बढाउने विषयमा फोकस गर्नुभएको थियो ।

त्यस्तै अखिल भारत नेपाली एकता मञ्चका अध्यक्ष इश्वरी भण्डारी र प्रवासी नेपाली संघ भारतका महासचिव डम्बर रावलले आफूहरु प्राविधिक समस्याका कारणले कार्यक्रममा जोडिन नसकेता पनि कार्यक्रमप्रति फोन मार्फत ऐक्यवद्धता जनाउनुभएको थियो ।

कार्यक्रम महासचिव ठाकुर खनालको सञ्चालन र उपाध्यक्ष कपिल खनालको अध्यक्षताबाट अगाडि बढेको थियो । ज्ञात–अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि कुल बहादुर थापाले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...