HomeFeatureप्रतिनिधिसभामा सांसदहरुद्वारा कोरोनाबाट सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा सांसदहरुद्वारा कोरोनाबाट सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण

काठमाण्डौ, 12 मार्च

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई प्याण्डेमिक भनेर घोषणा गरिसकेको र प्याण्डेमिक प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाईसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । सरकारले अहिले पनि संसदलाई निरन्तर चलाईराख्न नहुने तर्क उहाँले गर्नुभयो । त्यसैगरी ठूलो भीड जम्मा हुने स्थानहरुलाई तत्काल बन्द गर्न पनि उहाँले सुझाव दिनुभयो । समयमै सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानविय क्षति व्यहोर्नुपर्ने भन्दै उहाँले यस तर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद रामबहादुर विष्टले विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेको भनेको स्मरण गराउदै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद बिमला नेपालीले संविधानको धारा ४० मा दलितको हकको व्यवस्था भएको  र उपधारा २ मा  प्राथमिक देखि उच्चशिक्षा सम्म निशुल्क शिक्षा दिने व्यवस्था गरिएपनि कार्यान्वयन नभएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । २०५४ सालमा स्थापना गरिएको उपेक्षित, उत्पीडीत र दलित वर्ग उत्थान समितिले उच्च शिक्षामा अध्ययनरत गरिब तथा जेहेन्दार दलित समुदायका विद्यार्थीलाई दिदै आएको छात्रवृत्ति  वर्तमान सरकार गठन भएदेखि खोसिएको स्मरण गराउदै उहाँले विपन्न विद्यार्थीका लागि १ अर्बको छात्रवृत्तिमा १७ करोड मात्रै वितरण गरिएको भन्ने समाचारले आम दलित समुदायका विपन्न दलित विद्यार्थीलाई अत्यन्तै ठूलो चोट पुगेको भन्दै सहज ढंगबाट छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था सुनिश्चित गराईयोस् भनी सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भरत कुमार शाहले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटिसकेको बताएपनि बयरघाट, कावासोती, हेटौडा लगायतमा पैसा उठाउने काम कायमै रहेको भन्दै गैह् कानुनी रुपमा राखिएको ढाट हटाई सिण्डिकेटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सासंद मिना सुब्बाले निर्मला हत्या प्रकरण, सुन तस्करी, महिलामाथिको दुर्रव्यवहार लगायत प्रहरीका व्यवहारले नेपाल प्रहरी पछिल्लो समय बदनाम बन्दै गएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिन बहादुर विश्वकर्माले जातिय भेदभाव र छुवाछुत बढ्दै गएको र अनुगमन गर्ने निकाय राष्ट्रिय दलित आयोग र दलित परिषद् अहिलेसम्म गठन हुन नसकेको भन्दै तत्काल यी समितिहरु गठन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...