HomeFeatureप्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई सांसद भीम आचार्यको...

प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई सांसद भीम आचार्यको चुनौति

काठमाण्डौ, 20 फेब्रुअरी 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौति दिनुभएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताउनुभएको छ । मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत बताउनुभयो । सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उहाँले बताउनुभयो । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको बताउनुभयो । सरकार आफैले बोलाएको संसद आफैले अवरोध गरिरहेको बताउनुभयो । आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घोडा टेकाएर छाड्ने बताउनुभयो ।

प्रतिगमनकारी मतियार र समर्थकहरुलाई जसरीपनि ट्रयाकमा ल्याउने आचार्यले बताउनुभयो । प्रदेश सभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छफफल भई टुंगोमा पुग्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा साथ दिने आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...