HomeFeatureप्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र

प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र

सुनसरी, 13 सितम्बर 2021

प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताउनुभयो । आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ । उहाँले हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको बताउनुभयो ।

आयोजना प्रमुख आचार्यले भन्नुभयो, ‘तत्कालिन मुख्यमन्त्री शेरधन राईसहित मन्त्रिमण्डलको सिङ्गो टोलीको उपस्थितिमा शिलान्यास गरिएको उक्त आयोजना यतिबेला भने अलपत्र बन्न पुगेको छ, जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको छ, पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्वेले स्थानीयमा समेत अन्योलता बढाएको छ, हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको छ ।’

त्यस्तै कोशी गाउँपालिका, सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन नसकिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताउनुभयो ।

अध्यक्ष अन्सारीले भन्नुभयो, ‘बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इन?वाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन सकेन, प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको छ, तामझामका साथ घोषणा गरिएको प्रदेशकै गौरवशाली योजना अलपत्र अवस्थामा पुग्नु दुखद छ, प्रदेश सरकरसँगको सहमति बमोजिम गाउँपालिकाले जग्गा अधिग्रहणको कार्य सम्पन्न गराएको छ, तर काममा भइरहेको ढिलासुस्तीले गाउँबासीलाई निराश तुल्याएको छ ।’  

रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल र लिफ्टसहितको आकाशे पुल लगायतका संरचना निर्माण गरिनेछ । दुई चरणमा निर्माण कार्य थाल्ने गरी शुरु भएको परियोजना अन्तर्गत पहिलो चरणमा अहिलेसम्म जग्गा अधिग्रहण र माटो पुर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...