काठमाडौं, 12 नवम्बर 2021
प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको मुख्य गेट अगाडि धर्ना दिएका छन् । बार भवनबाट सर्वोच्च प्रवेश गर्ने गेट प्रहरीले बन्द गरेपछि उनीहरुले सर्वोच्चको मुल गेटबाट सर्वोच्च प्रवेश गर्न खोजेका थिए । तर प्रहरीले मूल गेटमा रोकेपछि बारमा पदाधिकारीहरु र कानुन व्यवसायीहरुले सर्वोच्चको गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्याधिशको राजीनामा माग गर्दै चर्का नारा लगाएका थिए । यसअघि बिहीबार अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बारले प्रधान्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । यसैबीच सर्वोच्च अदालतको मूल गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधान्यायाधीश जबराको पक्षमा नाराबाजी गर्दै उनीहरुले बारको धर्ना बिथोल्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।









































