HomeFeatureप्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णयप्रति माओवादी केन्द्रको आशंका, बैठकले यस्तो गऱ्यो...

प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णयप्रति माओवादी केन्द्रको आशंका, बैठकले यस्तो गऱ्यो निर्णय

काठमाण्डौ, 4 मे 2021

नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको संसदबाट विश्वासको मत लिने निर्णय पछाडिको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशनको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले चैत्र २३ गते भित्र विश्वासको मत लिनुपर्ने भएपनि त्यतिखेर विश्वासको मत लिन पहल नगरेको तर संसदको नियमित अधिवेशन बोलाउने समय भइसकेको बेला नियमित अधिवेशन नबोलाई विशेष अधिवेशनको नाम दिनुले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नभएको नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारको सिफारिसमा भनेर राष्ट्रपतिले यही वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको अधिवेशन बोलाईएको छ । र त्यसमा प्रधानमन्त्रीले आफ्नो सरकारको विश्वासको मत लिने कुरा बताउनुभएको छ । हाम्रो पार्टीले अदालतको २०७७ फागुन २३ गतेको फैसला आएपछि नै प्रधानमन्त्रीले चैत्र २३ गते भित्र नै विश्वासको मत लिनुपर्छ भनेका थियौँ । त्यतिखेर प्रधानमन्त्रीले विश्वासको मत लिने पहल गर्नुभएन । अहिले केही समय भित्रै संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । फागुन २३ गतेको अदालतको आदेश अनुरुप चैत्र २३ गतेसम्म विश्वासको मत लिनुपर्ने विषयलाई छल्ने र नियमित अधिवेशन बोलाउनुको सट्टा यसलाई विशेष अधिवेशनको रुप दिएर जो अधिवेशन बोलाईएको छ । त्यसले प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिदैन । त्यसकारणले यसलाई हाम्रो पार्टीले, सबै राजनीतिक दलहरुले र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ भन्ने हाम्रो पार्टीको स्थायी कमिटीको बैठकले निष्कर्ष निकालेको छ ।’

स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशमा अवैधानिक ढंगले प्रदेश सरकार बनाउनु लोकतान्त्रिक मुल्यमान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्ठा भएको ठहर पनि गरेको छ । र लुम्बिनी सरकारलाई अवैधानिक घोषणा गरिएको पनि नेता श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘लुम्बिनी प्रदेशमा जुन ढंगले अवैधानिक ढंगले नयाँ प्रदेश सरकार बनाएको घोषणा गरिएको छ । त्यो पूर्ण रुपले अवैधानिक छ । र लोकतान्त्रिक मुल्यमान्यता, राजनीतिक नैतिकताको चरम उल्लंघन र स्खलनको पराकाष्ठा हो । हामीले त्यसैले यो लुम्बिनीको प्रदेश सरकार भनिएको कथित सरकारलाई अवैधानिक घोषणा गर्दछौँ । र त्यसका विरुद्धमा प्रदेशमा रहेका संसद भित्रका सबै पार्टीहरुले सरकारको पार्टी बाहेक जुन प्रकारको कदम चालेका छन् त्यो कदमलाई हामिले दृढ रुपमा समर्थन गर्दछौँ ।’

बैठकले हालै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएकोमा संविधानको भावना, लोकतान्त्रिक मुल्य, मान्यताको विरुद्ध, स्वेच्छाचारी निरंकुश प्रवृत्तिको नकारात्मक अभिव्यक्ति ठानि बिरोध गरेको पनि नेता श्रेष्ठको भनाई छ ।

उहाँले भन्नुभयो –‘यो बैठकले हालै मात्र दुई प्रदेश प्रमुखहरुलाई गण्डकी प्रदेश र अर्को प्रदेशको प्रमुखलाई जसरी बलजफ्ती, बिना कारण, बिना औचित्य, पदबाट मुक्त गरिएको छ । र नयाँ नियुक्ति गरिएको छ । यसलाई संविधानको भावना, लोकतान्त्रिक मुल्य, मान्यताको विरुद्ध, स्वेच्छाचारी निरंकुश प्रवृत्तिको एउटा नकारात्मक अभिव्यक्ति ठान्दछ । र यसलाई पनि पार्टीले घोर विरोध र भत्र्सना गर्ने निर्णय गरेको छ ।’

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एकपछि अर्को प्रतिगमनको दिशातिर लैजान योजनावद्ध रुपले कदम चालिरहेको पार्टीको निष्कर्ष झन झन पुष्टि हुँदै गएको विश्लेषण गर्दै संविधान र लोकतन्त्रको रक्षाका निम्ति सम्पूर्ण राजनीतिक पार्टी, नागरिक समाज र सबै जनसमुदायलाई सचेत र एकतावद्ध रहन अपिल गर्ने निर्णय गरेको पनि नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...