काठमाण्डौ, 16 अप्रेल 2021
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । ओली नेतृत्वको सरकार ढाल्ने विषयमा प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएको छ भने, प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकलाई महत्वका साथ हेरिएको छ । त्यही अर्को तर्फ भने प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नजाने हुनुभएको छ । दाहालको सचिवालयले बैठकमा दाहाल नजाने बताएको हो । यस्तै एमाले नेता माधवकुमार नेपालले बैठकबारे जानकारी नै नभएको बताउनु भएको छ । नेपालको सचिवालयले पनि ‘सर्वदलीय बैठकबारे कुनै जानकारी नआएको बताएको छ । बैठकबारे जानकारी नै नआएकोले नेपाल पनि बैठकमा नजाने सम्भावना छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसायमयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रणका विषयमा बैठकमा छलफल हुनेछ ।









































