HomeFeatureप्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्डमाधव लाई ओलीको ठाडै चुनौति

प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्डमाधव लाई ओलीको ठाडै चुनौति

काठमाण्डौ, 1 मार्च 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्डमाधव समुहलाई चुनौति दिनुभएको छ । सरकार गठन, प्रधानमन्त्री चयन तथा संसदीय दलको नेता चयन गर्ने आफ्नै विधि र पद्धति भएको भन्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरि विधि र प्रक्रिया अनुसार आफुलाई हटाउन चुनौति दिनुभएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्डमाधव समुहलाई उहाँले लोकतान्त्रिक प्रक्रिया मार्फत आफुलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैले संसदीय दलको बैठक बोलाईदिने सम्म बताउनुभयो ।

उहाँले भन्नुभयो पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाईदिन्छु । आउनुहोस् न ।

उहाँले प्रधानमन्त्रीका लागि खोजी भईरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो प्रधानमन्त्रीको खोजी कत्रो भईरहेको छ । दौडादौड छ प्रधानमन्त्रीको खोजीमा । कोही गीत गाउँछन् दिए खान्थेँ मायाको दाहिने हातैले । साथीहरु माने म पनि हुन्थेँ भन्छन् । त्यो दिए खान्थेँ मायाको दाहिने हातैले भएन ? दिए खान्थेँ म पनि भन्या छ । यसको एउटा विधि पद्धति छ । प्रक्रिया छ । संसदीय अभ्यास छ । त्यस अन्र्तगत आउनुहोस् न ।

एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफुलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव  राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यास भित्र पर्छ यो ? ”

अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विच्चलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफुमाथि शारिरीक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसंग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो सम्पुर्ण रुपमा म माथि प्रहार अत्यन्तै तिब्र गतिले भईरहेको छ । तपाईहरु अनौठो नमान्नुहोला यदि म माथि शारिरीक हमला नै भयो या मेरो ज्यान तलमाथि भईहाल्यो भने पनि भने अनौठो नमान्नुहोला तर त्यस्तो हुन दिईने छैन । सर्तकता अपनाईने छ । म रहिन भने पनि केही छैन । आन्दोलन छ पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादीतत्व र तीनका मतियारहरुसंग घुँडा टेक्न हुदैन । देशको भविश्य अन्धकारमा जान दिनुहुदैन ।

उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भईरहेको दाबी गर्दै देश विगारेर अरुका लागि कम्र्फेटेबल सरकार बनाउने खेलमा प्रचण्ड माधव समुह लागेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो तपाईहरुको चेतना र जागरणलाई धन्यवाद भन्न चाहन्छु । सलाम भन्न चाहन्छु म देशीविदेशी शक्तिहरु हाम्रा विरुद्ध लागेका छन् । तर पनि पार्टीकार्यर्ताहरुमा निरासा छैन । अन्यौल छैन । पार्टीमा कुनै अन्यौल छैन । पार्टी ठिक ढंंगले अघि बढीरहेको छ । उनीहरुले भनीरहेका छन् हामीसंग केन्द्रीय कमिटीको बहुमत छ । त्यो बहुमत त मैले नै दिएको बहुमत हो । एकताका लागि भनेर दिएको हो । केन्द्रीय कमिटी बनाउँदा मैले मेरो नोटकपिमा नाम लेखेर केन्द्रीय कमिटी बनाएको हो । महाधिवेशनबाट जितेर आएको कुनै कमिटी हो र त्यो ? देश बनाउनका लागि दिएको हो । पार्टीको एकताका लागि देश बनाउनका लागि दिएको हो । तर उहाँहरुमा षडयन्त्रपुर्वक ढंगले पार्टी विगार्ने देश विगार्ने नियत त लुकेकै रहेछ त्यो बेला । एकीकरण गरिसक्ने वित्तिकै उहाँहरुले आफ्नो धन्दा सुरु गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने, देश बरबाद बनाउने, यस देशमा कम्र्फेटेबल सरकार बनाईदिने । कसैका लागि कम्र्फेटेबल सरकार बनाईदिने पो रहेछ ।

उहाँले आफैले केन्द्रीय कमिटी बनाएको भन्दै दिएकाले लिन पनि सक्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो जुन हातले नाम लेख्यो त्यस हातले नाम काट्न सक्छ । नियुक्ति दिनेले नियुक्ति रद्द गर्न सक्छ । मुख्य सचेतक मैले बनाएको थिएँ देव गुरुङलाई  । मैले बनाएको हो अस्तिका दिन मैले हटाईदिएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हो जरुरी परेका बेला…तर उहाँहरुको पद केही पनि चलाईदिएको छैन । आफै अबिर लाउँछन् आफै लड्डु खान्छन् आफै माला लगाउँछन् । मैले सुनेको एकजना अध्यक्ष छाने अरे , अर्को दलको नेता छाने अरे …। कहाँ गयो दलका नेता छान्ने विधि र पद्ध्ति ?”

प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समहुले पार्टी फोडेर केन्द्रीय कमिटी बैठक बोलाएको ठाउँबाट भागेर हिडेको र आफुखुसी ढंगले बहुमत आफुहरुसंग रहेको दाबी गरेको बताउनुभयो । उहाँले आफ्नै दलका नेताहरुले सरकारलाई काम गर्न नदिएको पनि दोहोर्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...