HomeFeatureप्रधानमन्त्रीले उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने...

प्रधानमन्त्रीले उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको ओलीको आरोप

काठमाडौं, 6 अप्रैल 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको बताउनुभएको छ । बुधबार भक्तपुरको सिपाडोलमा बिनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक बिद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताउनुभएको हो । उहाले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको धारणा राख्नुभयो । एमाले सरकारले बिकासका निकै काम गरेको र फेरी पाँच बर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उहाले बताउनुभयो । वर्तमान सत्तागठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै उहाले कुहिएको गठबन्धन झरेपछि फेरी मुलुकको बिकासको बाटोमा अघि बढ्ने समेत बताउनुभयो । ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको बिकासको काम नै अवरुद्ध भएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले शिक्षा क्षेत्रको बिकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गर्नुभयो । कार्यक्रममा बिद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...