HomeFeatureप्रधानमन्त्री ओलीद्वारा वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ, बालबालिकाको सिकाईमा क्षति हुन नदिने टिप्पणी

प्रधानमन्त्री ओलीद्वारा वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ, बालबालिकाको सिकाईमा क्षति हुन नदिने टिप्पणी

काठमाण्डौ, 15 जुन 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रियाको सुरुवात गरिएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज (सोमबार)बाट सुरु गरेको वैकल्पिक सिकाई प्रविधिको शुभारम्भको घोषणा गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिने बताउनुभएको छ । उहाँले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका छन । लामो समय विद्यालय खोल्न सम्भव नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाईलाई अगाडि सारेको हो । मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी आजदेखि पठन–पाठन सुरु गरेको हो ।

प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको बताउनुभएको छ । उहाँले एसईईको विकल्पमा जान अहिलेको परिस्थितिले उत्प्रेरित गरेको बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले मुलुकमा अव कुनैपनि आन्दोलनको जरुरी नभएको बताउनुभएको छ । उहाँले जति लडने हो यहि पुस्ता लडेको र अव मुलक बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘देश भित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरुको प्रश्न सुनेको छु । मुलुक विग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरुमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहोरिने पो हो कि ? आज मैले सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन् । तर एकमुस्ट भन्न चाहन्छु । जति लडने हो यो पुस्ता लडछ मुलुक बन्छ ।

अवका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाइका अभिभावकहरुको भनाई झुटा सावित हुँदैन । हाम्रो मुलुकमा अव फेरी अर्को आन्दोलन आवस्यक छैन् ।’ प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई दुर गर्न नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो गफ नदिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘अप्ठेरोमा दुविधा हुन्छ । त्यहि दुर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाएजस्तो गफ हानेको होइन् । ढुक्क रहौं मुलुक बन्छ । सुशासन स्वच्छता कायम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...