HomeFeatureप्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण, शहीदका सपना पुरा गर्ने जिम्मेवारी अहिलेको र...

प्रधानमन्त्री ओलीद्वारा शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण, शहीदका सपना पुरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ता

काठमाण्डौ, 29 जनवरी 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित शहीद स्मारकमा पुगेर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । माघ १६ गते (आज) शहीद दिवसको अवसर परेर प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौर स्थित शहीद स्मारकमा आयोजित विशेष कार्यक्रमकाबीच शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ति जीवन दिने अमर शहीदहरुले बलिदानको त्यागको श्रेष्ठता देखाउनुभएको र त्यो अतुलनिय भएको बताउनुभयो । शहीदका योदानसँग बाँचेका मानिसहरुको कुनैपनि योगदान तुलाना हुन नसक्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । अहिले जुन उपलब्धी, सफलता र उचाई प्राप्त भएको छ ती सबै कुराको पछाडी शहीदको बलिदानले काम गरेको पनि उहाँको भनाई छ । शहीदहरु सबैका साझा भएकोले शहीदको बलिदानबाट प्राप्त भएका उपलब्धीहरु समेत सबैको साझा भएको बताउनुभयो । शहीदको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई शहीदका सपना पुरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि बताउनुभयो ।

शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने तर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । शहीद दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाको संयोजनमा शान्तिवाटिकाबाट लैनचौर स्थित शहीद स्मारकसम्म प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विभिन्न मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...