HomeFeatureप्रधानमन्त्री देउवालाई लोसपाले बुझाए ज्ञापन पत्र

प्रधानमन्त्री देउवालाई लोसपाले बुझाए ज्ञापन पत्र

काठमाडौं, 7 जून 2022

मधेश आन्दोलन र थरुहट आन्दोलन लगाएत बिभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने लगाएतका माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार जसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीले मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका ११ माग बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । लोसपाले महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगाएतका बन्दीहरुलाई अविलम्व रिहाई गर्न ध्यानाकर्षण गराएका छन् । त्यस्तै संविधान अनुसा जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिन पनि लोपसाले माग गरेको छ । लोसपाले किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न पनि माग गरेको छ भने बाढी पहिरो नियन्त्रणका लागि तत्कालिन अल्पकालिन र दिर्घकालिन कार्यक्रम लागू गर्नुपर्ने र विस्थापितहरुको बसोबासको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको लोसपाका नेता उमाशंकर अरगरियाले जानकारी दिनुभयो । लोसपाले आकाशिएको महंगी र कालो बजारी अविलम्व नियन्त्रण गर्नुपर्ने र पछि परेका समूदायलाई प्राथमिकतामा राखि भूमि बितरण सम्बन्धी कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...