HomeFeatureप्रधानमन्त्री मोदीद्वारा नेपालमा RuPay को शुभारम्भ

प्रधानमन्त्री मोदीद्वारा नेपालमा RuPay को शुभारम्भ

दिल्ली, 2 अप्रैल 2022

भारतको तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुवै देशका राष्ट्राध्यक्षको उपस्थितिमा नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर र दस्तावेज आदानप्रदान भएको थियो । भारत सरकारको क्रेडिट लाइन अन्तर्गत नेपालमा निर्माण भएको सोलु करिडोर १३२ केभी विद्युत् प्रसारण लाइन र सबस्टेसनको प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यसै क्रममा नेपाल औपचारिक रूपमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सामेल भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीसँग संयुक्त रूपमा यस हिमालयी देशमा भारतीय भुक्तानी सेवा प्रणाली RuPay को शुभारम्भ गर्नुका साथै जयनगर (भारत) देखि कुर्था (नेपाल) बीचको क्रस बोर्डर यात्री रेल सेवालाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। प्रधानमन्त्री मोदीले भने, देउवा जी भारतका पुरानो मित्र हुन् । प्रधानमन्त्रीको हैसियतमा उनको यो पाँचौं भारत भ्रमण हो । उनले नेपाल–भारत सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । भारत र नेपालबीचको मित्रता, हाम्रा जनताबीचको सम्बन्ध– यस्तो उदाहरण विश्वमा कतै देख्न सकिँदैन । नेपालबाट बिजुली आयात गर्ने अरु धेरै प्रस्तावहरु स्वीकृत भईरहेको जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ । संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालको शान्ति, समृद्धि र विकासको यात्रामा भारत सधैं दृढ साझेदार रहेको र रहिरहने जनाए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...