नयाँ दिल्ली, 20 जनवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘परिक्षा पे चर्चा’ 2020 कार्यक्रममा आज स्कूले विद्यार्थीहरूसित कुराकानी गर्नुहुनेछ। कार्यक्रम नयाँ दिल्लीस्थित तालकटोरा स्टेडियममा बिहान 11 बजेदेखि सुरू हुनेछ। यस कार्यक्रममा देश भरीका 2,000-भन्दा बढी विद्यार्थीहरू, उनिहरूका अभिभावक तथा शिक्षकहरूले भाग लिनेछन्। कार्यक्रममा प्रधानमन्त्री मोदीले प्रश्नहरूको जवाफ दिनुहुनेछ र विद्यार्थीहरूसित परीक्षाको तनाउ कम गर्ने विषयमा विचार-विमर्श गर्नुहुनेछ।
गत वर्ष जनवरीमा ‘परिक्षा पे चर्चा’ कार्यक्रमको दोस्रो संस्करणमा प्रधानमन्त्री मोदीले विद्यार्थीहरूलाई समय धेरै मूल्यवान सम्पत्ति भएको बताउँदै समय बरबाद नगर्न अनि समयको प्रबन्धनमा सुधार गर्न भन्नुभएको थियो।









































