नयाँ दिल्ली, 19 जनवरी
रबि लामीछाने सहित तिनै जनाले आइतबार भएको अदालत को निर्णय अनुसार आत्महत्या र दुरुत्साहन मुद्दामा सफाई पाएका छन। चितवन जिल्ला अदालतले आइतबार माघ 5 मा उनीहरू निर्दोष रहेको भन्दै सफाइ दिएको हो। यसअघि रबि लामिछाने र युवराज कण्डेल धरौटी बुझाएर थानाबाट मुक्त भएका थिए।
पत्रकार शालिकराम पुडासैनीको साउन 20 गते भएको रहस्यमय निधन अनुसन्धानकालागि 11 दिन प्रहरीको हिरासतमा बसेर गत भदौ 9 गते रिहा भएका थिए । साउन 30 गते छानविनका लागि प्रहरीले रबि सहित युबराज कण्डेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर, हिरासतमा राखेर अभियोग पत्र दर्ता गरिएको थियो।
पत्रकार पुडासैनीको रहस्यमय निधनमा उनीहरूको भूमिका रहेको भन्दै सरकारी वकिलले उनीहरु विरुद्ध भदौ 8 मा आत्महत्या दुरुत्साहन गरेको कसुरमा अभियोगपत्र दर्ता भएको थियो । दुवै पक्षको कानुन व्यवसायीको बहसपछि भदौ 9 मा चितवन जिल्ला अदालतको आदेशपछि रवि लामिछाने ले ५ लाख रुपैयाँ र युवराज कण्डेल ले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। अस्मिता भने साधारण तारिखमा रिहा भएकी थिइन् ।अभियोग पत्रमा उनीहरुविरुद्ध ५ वर्ष जेल सजाय र ५० हजार जरिवानाको माग गरिएको थियो।









































