HomeFeatureप्रधान्यायाधीश विरुद्ध राजीनामा नदिएसम्म आन्दोलन शसक्त पार्ने बारको चेतावनी

प्रधान्यायाधीश विरुद्ध राजीनामा नदिएसम्म आन्दोलन शसक्त पार्ने बारको चेतावनी

काठमाडौं, 9 नवम्बर

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्ने बताउनुभएको छ । मंगलबार बार परिसरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्याधिशबाट न्याय पाउने सम्भावना नरहेकाले राजीनामा आउनुपर्ने भन्दै आन्दोलनलाई शसक्त पार्ने बताउनुभएको हो । उहाले न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी रहेको धारणा राख्नुभयो । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा साथ दिन सेवाग्राहीलाई पनि उहाले आग्रह गर्नुभयो । श्रेष्ठले राजनीतिक दलहरु एकैठाउमा रहेर न्यायपालीका भित्रको बेतिथीलाई रोक्नुपर्ने उल्लेख गर्नुभयो । उहाले न्यायधिश र बारको विश्वास नलिई नै पेशि तोक्ने काम गरेको आरोप लगाउनुभयो । त्यस्तै संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । उहाले अवको आन्दोलन सर्वोच्च अदालतको ढोकाबाट छिर्नबाट पनि बञ्चित गर्नेगरी गर्ने चेतावनी दिनुभयो । उहाले न्यायालयमा देखिएको समस्यामा राजनीतिक दलहरू हेरर बसेको र समस्या समाधानमा चासो नदिएको आरोप लगाउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै एशोसिएसनले आन्दोलनलाई जारी राखेको हो । कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...