काठमाण्डौँ, 7 फरवरी 2020
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पूर्वाग्रहपूर्ण ढङ्गले संवैधानिक आयोगलाई दबावमा पारेर दलका उपनेता विजय कुमार गच्छदार विरूद्ध मुद्दा दायर गरेको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गर्ने भएको छ। सिंहदरबारमा बसेको दलको बैठकले सरकारले सुनियोजित ढङ्गले स्वतन्त्र आयोगलाई दबाव दिएर पूर्वाग्रह प्रेरित भइ मुद्दा अगाडी बढाएको भन्दै शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको हो।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाले संवैधानिक निकायहरुको निष्पक्षता र स्वतन्त्रतालाई कमजोर बनाएको बताउनुभयो। काँग्रेसका उपसभापति गच्छदार विरुद्ध राजनीतिक प्रतिसोधका कारण मुद्दा दायर गरिएको उल्लेख गर्नुहुँदै उहाँले कानूनमा कसैलाई उन्मुक्ति दिने र कसैलाई सजाय हुने प्रावधान नहरेको बताउनुभयो। उहाँले संविधानको बर्खिलाप हुने गरी मुद्दा दायर भएको बताउनुयो।









































