HomeFeatureप्रवासी नेपाली एकता मन्चद्वारा 25 सदस्यीय पूना नगर समिति र २1 सदस्यीय...

प्रवासी नेपाली एकता मन्चद्वारा 25 सदस्यीय पूना नगर समिति र २1 सदस्यीय पिम्पिरी चिंचोड नगर समिति गठन

दिल्ली, 27 जनवरी 2022

प्रवासी नेपाली एकता मंच (भारत) महाराष्ट्र-गुजरात संयुक्त राज्य समिति अन्तरगत पुना नगर समितीको विशेष विस्तारित बैठक सम्पन्न भएको छ। उक्त बैठकको अध्यक्षता लोकेश जैगडीले गरेका  थिए भने, संचालन डम्बर जनालाको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ उपाध्यक्ष भिम बहादुर भण्डारी र अतिथिमा केन्द्रीय महासचिव कटक शाही, केन्द्रीय सचिवालय सदस्य कालुसिंह लुहार, अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिव ललित बि.क., हाम्रो मंचका राज्य सदस्य मदन जैगडी, अमर जैगडी, टेक ब.जनाला, दल ब.विश्वकर्मा र अखिल भारत नेपाली एकता मंच राज्य सदस्य भुपाल तिरुवा रहनु भएको थियो । विस्तारित बैठकलाई स्वागत मन्तव्य रवि जैगडीले गरेका थिए । विस्तारित बैठकले 25 सदस्यीय रहने गरि पूना नगर समिति पुनर्गठन गरेको छ । जसमा अध्यक्षमा रबि जैगडी, उपाध्यक्षमा तपेन्द्र आउजी,  सचिवमा डम्बर जनाला, कोषाध्यक्षमा पदम जैगडी,  सह सचिवमा सुनिल बि.क. लगायत 19 सदस्यहरु रहनु भएको छ । सल्लाहकार समितिमा प्रमुख कालुसिंह लुहार, सदस्य, मदन जैगडी, लोकेश जैगडी, अजय ताम्राकार, टेक बहादुर जनाला, दल बहादुर विश्वक्रमा लगायत रहेका छन ।  प्रमुख अतिथि भण्डारी ले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई संघको विधानको पद तथा गोप्यनिताको सपथ ग्रहण गराउनु भएको थियो । सोहि दिन संगठनले पिम्पिरी चिंचोड नगर समितीको २१सदस्यीय रहनेगरी नया नगर समिति निर्माण पनि गरेको छ। चक्र सुनार अध्यक्ष र राजेश जैगडीको संचालनमा प्रमुख अतिथि भीम बहादुर भण्डारी र अतिथिमा केन्द्रीय सदस्य मदन बि.क, हाम्रो मन्चका राज्य सदस्य मदन जैगडी, राज्य सदस्य तथा पुना नगर समिति इन्चार्ज लोकेश जैगडी,पुना नगर समिति अध्यक्ष रबि जैगडी,सचिव डम्बर जनाला र नगर सचिवालय सदस्य जित ब.जनाला रहनु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...