26 अक्तूबर 2021
प्रवासी नेपाली मित्र मंच (भारत)ले आफ्नो संस्था को 32औं वार्षिकउत्सव संघर्ष दिवस को रूपमा भव्यतापूर्वक सोमबार 25 अक्तूबरका दिन मित्र मंच कार्यालय, कुसहाल चौक बुराड़ीमा सम्पन्न गरेको छ। नेपाली राजदूतावासका सांस्कृतिक विभाग प्रमुख यदुनाथ पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विष्णु प्रसाद खनालले गरेका थिए। विशिष्ट अतिथिका रुपमा संस्थाका संस्थापक महा सचिव दुर्गा प्रसाद अर्याल, संरक्षक मानव कल्याण मित्र मंच नेपालका अम्बिका अर्यालको उपस्थितिमा कार्यक्रमको संचालन संस्थाका सचिव हरि अर्यालले गरेका थिए।सो कार्यक्रममा बोल्दै वर्तमान मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गा अर्यालले शुभकामना दिदै संस्थाको मानव परोपकारी कार्यको प्रसंशा गर्दै संस्थाले यसरी नै प्रवासी नेपालीको हक हितमा निरन्तर कार्य गर्नेमा आफु विश्वत रहेको बताउनु भयो। उक्त अवसरमा प्रवासी नेपाली मित्र मंच (भारत)ले आगामि विश्व महिला दिवस कार्यक्रम धुमधाम संग मनाउने घोषणा पनि गरेको छ।









































