नयाँ दिल्ली, खुम गुरुङ, 31 मे 2021
कोभिड महामारीका कारण भारतमा रोजगारी र अध्ययन गर्ने कयौं नेपालीहरु समस्यामा परेका छन । महामारीका कारण रोजगारी समेत गुमाउनु पर्दा कयौं नेपालीहरुलाई खानपिनको समेत समस्या भएको छ । यस्ता समस्यामा परेका कयौं नेपालीहरु अनभिज्ञता कारण भारत सरकारबाट पाइने सेवा सुविधाबाट पनि बञ्चित हुने गरेका छन भने कयौ पटक नेपालीहरुले नै गरेको सहयोगका कारण थोरै राहत पाउने गरेका छन । यही सन्दर्भमा हरियाणाको फरीदाबादमा केही दिन कोभिड संक्रमित भएपछि आर्थिक समस्याको अभाव झेलिरहेकी तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपलिका- 5 खैरानीटारकी 23 वर्षीय एक महिलालाई मोर्डन ईरा टूर्स एण्ड ट्राभल्स र ग्रिनतारा सोसायटीको सहयोगमा उद्धार गरि नेपाल पठाइएको छ ।
सुकमाया परियारकी 23 वर्षकी छोरी सिमरन परीयार हरियाणाको फरीदाबाद एन आई टी 5 स्थित एक होस्टेलमा बस्दै आएकी थिइन । उनि केही अगाडी कोरोना संक्रमित भएकी थिइन । उपचार पश्चात रिपोर्ट नेगेटिव आए पछि उनि आर्थिक समस्यामा पर्नुका साथै मानसिक तनावमा गएकी थिइन । त्यसपछि उनक बारेमा थाहा पाएपछि मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सका सांचलक र ग्रिनतारा सोसायटीले आइतवार उनलाई उद्धार गरि नेपाल गएपछि समस्या हट्ने बताएपछि उनलाई निशुल्क रुपमा तनहुँ पुऱ्याएको हो । उनि आज दिँउसो 3 बजे सकुशल घर पुगेको जानकारी पाइएको छ ।









































