HomeFeatureफागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र...

फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सुचित भएका ७ वटा सम्पदाहरुको सरसफाई अभियान सुरु हुने

काठमाडौं, 24 फरवरी 2022

आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सुचित भएका ७ वटा सम्पदाहरुको सरसफाई अभियान सुरु हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो ।  २५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरुलाई बोलाउने अभियानको कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाई गदै आएको बताउनुभयो ।  सरसफाईको सुरुवात टोलबाट गरेपनि पछि काठमाडौं उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाई अभियान चलाउँदै आएको उहाले जानकारी दिनुभयो ।  त्यस्तै, मैतिदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाई सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभए पछि एकिकृत भएर उपत्यका ब्यापी सरसफाई अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...