काठमाडौ, 12 फरवरी 2020
आगामी फागुन ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘आमा’को प्रचार-प्रसार अहिले तीव्र गतीमा भैरहेको छ। अहिले काठमाडौंमा अवस्थीत विभिन्न सपिङ्ग मल र चोक चोकमा होडिङ्ग बोर्ड देख्न सकिन्छ।
निर्देशक दिपेन्द्र के. खनालले ‘पशुपती प्रसाद’ पश्चात मनदेखि निर्माण गरिएको सिनेमा भएका कारण पनि दर्शकमाझ यो सिनेमा प्रतिक्षित छ। सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै आमाको चर्चा रातारात बढेको हो।









































