काठमाण्डौँ, 9 अप्रेल
विश्वभर कोरोना भाइरस (कोभिड-19) को महामारी कायम रहेकोले खेलकुद ठप्प छ। चर्चित खेल फुटबल पनि यसबाट प्रभावित छ। त्यसको असर वरीयतामा समेत परेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको पछिल्लो वरीयतामा एक टिम बाहेक केही परिवर्तन भएको छैन।
नेपालको पुरुष फुटबल टिम पनि फिफाको वरीयतामा यथावत रहेको छ। फिफा वरीयतामा नेपाल 170औँ स्थानमा कायम रहेको छ।









































