HomeFeatureबझाङका पहिरोपीडितलाई दिल्लीका बझाङवासीको राहत, आर्थिक संकलन गरि पठाए सहयोग

बझाङका पहिरोपीडितलाई दिल्लीका बझाङवासीको राहत, आर्थिक संकलन गरि पठाए सहयोग

नयाँ दिल्ली, 26 जुलाई 2020

भनिन्छ आफु जन्मेको ठाँउ, आफ्नो मातृभूमि प्राण भन्दा प्यारो हुन्छ । त्यसैले त हामी जुनसुकै ठाँउमा भएपनि मातृभूमिमा परेको दुःखले हामीलाई पिरोल्छनै । यस्तै बझाङको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मा गएको पहिरोले दिल्लीका बझाङवासीको मन पनि बहेको छ । त्यसैले त उनिहरुले पहिरोपीडितहरुलाई केही राहत दिने प्रयास स्वरुप आर्थिक संकलन गरेर पठाएका छन ।

नेपाली काँग्रेस बझाङ भारत जनसम्पर्क समितिका पदाधिकारी एवं कोर-कमिटिका सदस्यहरुले आर्थिक संकलन गरि पठाएको हो । नेपाली काँग्रेस बझाङ भारत जनसम्पर्क समितिले दिएको जानकारीका अनुसार केदारस्यु गाँउपालिमा आएको पहिरोका कारण पिडीत भएकाहरुलाई सहयोग गर्न कोरोना महामारीमा आफ्नै समस्यालाई बेवास्ता गर्दै अगाडी आएको बताएको छ ।

समितिले आर्थिक सहयोग गर्ने सदस्यहरुको विवरण सार्वजनिक गर्दै सबै सहयोगीहरुप्रति आभार प्रकट गरेको छ ।

नेपाली काँग्रेस बझाङ भारत जनसम्पर्क समितिका अध्यक्ष तथा नेजस उत्तर भारतका महासचिव दयाराम रोकाया, महिला नेतृ उपाध्यक्ष कमला सिंह र सल्लाहकार सदस्य रामबहादुर सिंह, उपाध्यक्ष मनराज उपाध्याय, महासचिव केशवराज उपाध्याय, त्यसैगरि आमन्त्रित सदस्य सुनिलकुमार सिंह, समितिका वरिष्ठ सदस्य देबबहादुर सिंह, सुचना सचिव मनराज उपाध्याय र संगठन सचिव चन्द्र जोशीले  पहिरोपीडितहरुका लागि 12 हजार 5 सय रुपैँया संकलन गरि पठाएका हुन ।

गत 3 जुलाई शुक्रबार गएको पहिरोमा परि 17 घरहरु पुरिएका थिए । सो घटनामा परि  7  जनाको मृत्यु भएको थियो । पहिरोले घरमा भएको अन्न, लुगा कपडा, गाई, भैसी गोरु लगायत १८ परिबारको धन सम्पतीको क्षति भएको थियो  ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...