HomeFeatureबडादशैँको अन्तिम दिन

बडादशैँको अन्तिम दिन

भक्तपुर, 20 अक्तूबर 2021

बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधबार अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नुभयो ।  राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका नाइके बिजेश बनमालाले नवदुर्गाको दर्शन गराएर नवदुर्गा भवानीको  टीका र प्रसाद प्रदान गर्नाका साथै नवदुर्गाको मूर्तिसमेत अवलोकन गराउनुभएको थियो ।यसैबीच दुई बर्षअघि राष्ट्रपतिको प्रत्यक्ष सहभागीतामा भएको भोजको खर्च रकम अझैपनि नपाएको देवगणहरुले गुनासो गरेका छन् । भोजका लागि देवगणलाई जिम्मा दिएको खर्च भएको १ लाख ३५ हजार मध्ये केहि रकम नपाएको गुनासो राष्ट्रपतिसमक्ष गरेको उनीहरुले बताएका छन् ।  खर्च भएको रकम सूर्यबिनायक नगरपालीकाले बेहोर्ने आश्वासन पटक पटक पाएपनि रकम भने उपलव्ध हुन नसकेको उनीहरुले बताए । त्यस्तै ९ महिनालामो जात्राका क्रममा आफुहरुको स्वास्थ्य समस्या भएपनि यसबारेमा कसैले चासो नदेखाएको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...