काठमाडौँ ,२३ जनवरी
विगत लामो समय देखि निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज फेरी बढेको छ ।
बुधबार छापावाला सुन ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैँयाले बढेर तोलाको ७५ हजार मूल्यमा कारोबार भैरहेको छ ।
त्यस्तै, बुधबार तेजाबी सुन ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज २ सय रुपैँया बढेर प्रतितोला ७४ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।
बिहिबारको बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो भने आज ५ रुपैँयाले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।









































