HomeFeatureबन्द हडतालविरुद्ध काठमाण्डौ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, वैज्ञानिक भाडादर कायम गर्न माग

बन्द हडतालविरुद्ध काठमाण्डौ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, वैज्ञानिक भाडादर कायम गर्न माग

काठमाण्डौ, 6 फेब्रुअरी 2021

काठमाण्डौ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सी सहित ऱ्याली निकालेका व्यवसायीहरुले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यस्तै व्यवसायीहरुले बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने पनि माग गरेका छन् । वैज्ञानिक भाडादर कायम गर्दै राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको संरक्षण गर्नुपर्ने माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका हुन् । राष्ट्रिय पुँजीको लगानी भएको ट्याक्सीको संरक्षण गरि व्यवस्थित गरिनुपर्ने, वैज्ञानिक भाडादर कायम गरिनुपर्ने र बन्द हड्तालको नाममा ट्याक्सी लगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी बन्द गरिनुपर्ने लगायतका माग राख्दै शान्तिपूर्ण ट्याक्सी ऱ्यालीको आयोजना गरिएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष पूर्णलाल मोक्तानले बताउनुभयो ।

ट्याक्सी क्षेत्रलाई धरासायी बनाउने अवैध गतिविधि बन्द गरिनुपर्ने माग पनि राखिएको छ । ट्याक्सी व्यवसायीहरु नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ऱ्याली सहित माइतिघर मण्डलामा भेला भएका थिए  ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...