30 अक्तूबर 2021
बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता ७३ वर्षका यूसुफ हुसेनको कोरोना संक्रमणका कारण मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएको छ । उनको मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएको हो । फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका छन् । हंसलले सामाजिक सञ्जालमा मार्फत निधनको जानकारी दिएका हुन् । उनको जानकारीसँग बलिउडका कैयौं कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन् । हंसलले सामाजिक सञ्जालमा यूसुफको तस्वीर शेयर गरेका छन् । ‘मैले शाहिदको दुई सेड्युल पुरा गरेको थिएँ र म फसें । म समस्यामा थिएँ । एक फिल्ममेकरका रुपमा मेरो करियर समाप्त हुँदैन थियो । त्यही बेला उनी मेरो अगाडि आए र आफूसँग फिक्सड डिपोजिट रहेको जानकारी दिए । उनले ‘यदि तिमी यति नै समस्यामा छौ भने त्यसको केही काम छैन’ भनेर उनले चेक बनाए र शाहिद पुरा भयो । यस्ता थिए युसुफ हुसैन । एक ससुरामात्र नभई एक पिता । यदि जीवन हुन्छ भने उनको रुपमा रहोस्’, हंसलले लेखेका छन् ।









































