HomeFeatureबाँकेको घटना सम्बन्धमा सरकारद्वारा छानबिन गठन सहमति गरेपछि रुबी खानको अनसन तोडियो

बाँकेको घटना सम्बन्धमा सरकारद्वारा छानबिन गठन सहमति गरेपछि रुबी खानको अनसन तोडियो

19 अक्तूबर 2021

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन गठन गर्ने सहमति गरेपछि महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोड्नुभएको छ । साथै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका छन् । मंगलबार सरकार र आन्दोलनरतपक्षबीच भएको वार्तामा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गर्ने सहमति भएको थियो । समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको छ ।

सहमतिपछि काठमाडौको माइतिघरमा मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अधिकारकर्मी रुबी खानको अनसन तोडाउनुभएको थियो । सो क्रममा प्रवक्ता पोखरेलले समितिले स्थलगत अवलोकन गरेर घटनाको छानबिन गर्ने बताउनुभयो । समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले दोषीमाथि कारबाही गर्ने उहाले बताउनुभयो । छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । अनसन तोडेपछि अधिकारकर्मी रुबी खानले आफुहरुको आन्दोलन दुई महिलाका लागि मात्र नभएर मुलुकभर नै हिंसामा परेका महिलाहरुको न्यायका लागि आन्दोलन भएको बताउनुभयो । उहाले सरकारले गरेको लिखित सम्झौता अनुसार कारवाही नभए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । बाँकेमा भएका दुई घटनाका बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै महिला अधिकारकर्मी लगाएतको समूह नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दैं उनीहरुले माइतिघरमा धर्ना दिदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...