बारामा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापकको निधन
काठमाडौं, 30 अक्टोबर 2023
अज्ञात समूहको गोली लागेर बारामा प्रधानाध्यापकको निधन भएको छ । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपश सरार्फको अज्ञात समूहको गोली लागेर निधन भएको हो ।
गोली लागेलगत्तै उपचारका लागि अस्पताल लगिएको थियो । बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाका अनुसार अज्ञात समूहको गोली लागेर घाईते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पताल मृत्यु भएको हो ।
दिउँसो दुईवटा मोटरसाइकलमा आएका अज्ञात समूहले कलैया–६ मदर्शा टोलमा उनीमाथि गोली प्रहार गरेर भागेका थिए । उनको घाँटी र छातिमा चार राउण्ड गोली लागेको छ ।बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका शिक्षकको मृत्यु भएको छ ।









































