HomeFeatureबिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति नगरेको भन्दै नेपाल बिद्यार्थी संघद्वारा त्रिभुवन विश्वबिद्यालय...

बिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति नगरेको भन्दै नेपाल बिद्यार्थी संघद्वारा त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी

काठमाडौं, 27 जनवरी 2022

नेविसंघ तालाबन्दी बिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल बिद्यार्थी संघले किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत बिद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालावन्दी गरेका हुन् । उनीहरुले आर्थिक अभावका कारण बिद्यार्थीहरुमा गरिएको बिभेद अन्त्य गर्न र महङ्गो  कोर्स पढ्न नसक्ने बिद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने बिषयमा संघ र त्रिबिबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सवै क्याम्पसको शुल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै केहि क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्वन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता दिपक ओझाले जानकारी दिनुभयो । सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले बिद्यार्थीहरुको मागका बारेमा आफु सकारात्मक भएको भन्दै सर्वपक्षिय छलफलबाट समस्या समाधान गर्ने बताउनुभयो । बिद्यार्थीहरुले व्यवस्थापन संकायको  भर्ना सम्बन्धी कार्यबिधी पालना नगरि सिम्याटको रिजल्ट अगावै भर्ना लिने  क्याम्पसहरुलाई पनि कारवाही गर्न माग गरेका छन् । आफुहरुको मागका बिषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...