सिलगढी, 16 मार्च, कयेश अंसारी
गोर्खा जनमुक्ति नारी मोर्चा (बिमल खेमा) सदस्य तथा सुकुना पानीघट्टा समष्टिकी पूर्व सभासद चम्पा बिभारलाई पुलिसले हिजो राति 7 बजे सिलगढीबाट पक्राउ गरेको मोर्चा सुत्रले बताएको छ। उनलाई अहिले मिरिक थाना पुर्याइएको छ। चम्पा बिभार गोर्खाल्याण्ड आन्दोलनकी एक सक्रिय कार्यकर्ता हुन । उनलाई २०१७ सालको जन-आन्दोलनमा पनि पुलिसले पक्राउ गरेको थियो। बिमल गुरुङ खेमाका अधिकांश मोर्चा नेताहरु दार्जीलिङ पहाडमा 2017 मा भएको आन्दोलनपछि भूमिगत रहेका छन। आन्दोलनका क्रममा भएका गतिविधिका कारण पुलिसले गैरकानूनि गतिविधि रोकथाम अधिनियम अन्तर्गत पक्राउ गर्न थालेपछि मोर्चा नेताहरु भूमिगत रहेका छन ।









































