HomeFeatureबिराटनगर खानेपानी सुधार आयोजना: सरकारद्वारा जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार...

बिराटनगर खानेपानी सुधार आयोजना: सरकारद्वारा जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय

काठमाडौं, 26 जनवरी 2022

सरकारले बिराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बिराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट  प्राप्त हुने करिव २ अर्व ६१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै बैठकले बिद्युत प्राधिकरण अन्तर्गतका बिभिन्न प्रसारण लाइन तथा सवस्टेसन आयोजनाका लागि जग्गा प्राप्ती गर्न स्वीकृति दिने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ । त्यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै कृषि तथा वन बिज्ञान विश्व बिद्यालयलाई सरकारी जग्गा लिजमा उपलव्ध गराउन स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाटा नपा र कैलालीको गोदावरी नपाको वन क्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको उहाले बताउनुभयो । बैठकले स्वास्थ्य वीमा बोर्डको अस्थायी दरवन्दी स्वीकृति गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताउनुभयो । कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव आएको र सरकार परामर्शमा रहेको उहाको भनाई छ । उहाले प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी नरहेको बताउनुभयो ।प्रवक्ता कार्कीले संसदको गतिरोध हटाउन पर्याप्त पहल भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताउनुभयो । उहाले सदनलाई सुचारु गर्ने दायित्व सवैको भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...