Homeसमाचारबी पी कोइरालाको 40औं स्मृति दिवस भव्यताका साथ दिल्लीमा सम्पन्न

बी पी कोइरालाको 40औं स्मृति दिवस भव्यताका साथ दिल्लीमा सम्पन्न

दिल्ली, 23 जुलाई 2022

बी पी कोइरालाको 40औं स्मृति दिवस भव्यताका साथ दिल्लीमा सम्पन्न भएको छ।  22 जुलाई का दिन नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा दयाल मार्ग एन डि तिवारी भवन नयाँ दिल्लीमा बी पी कोइरालाको 40 औं स्मृति दिवस नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पान्डेको अध्यक्षतामा सम्पन्न भएको छ।  विशेष अतिथि प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारी, अखिल भारत नेपाली एकता मन्चका उप महासचिव आर बी खड्का लगायतले सो अवसरमा सम्बोधन गरेका थिए।  अध्यक्ष पाण्डेले सम्बोधनमा जसरी भारतबाट बी पी ले मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो, सोही अनुरुप सबै नेपाली मेलमिलापको नीति लिएर भारतमा काम गर्ने बेला आएको छ भनेका थिए । प्रवासी नेपाली संघका केन्द्रीय अध्यक्ष लोक नाथ भन्डारीले  अब सबै खाले आन्दोलन सकिएकोले सबै प्रबासका संस्थाहरु मिलि प्रबासी नेपालीहरुको हक हितको लागि आन्दोलनको रुपमै काम गर्नुपर्ने बताए। अखिल भारत नेपाली एकता मन्च भारतका केन्द्रीय  उप महासचिव आर वि खड्काले भारत स्थित नेपाली राजदूतावास प्रबासी नेपालीहरुका समस्यामा संबेदनसिल नभएको गुनासो गरेका थिए। उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे, केन्द्रीय सदस्य नन्दी कुमारी न्योपाने , क्षेत्रीय अध्यक्ष  सुनिता कुवर  , महासचिव दयाराम रोकाया ,  अन्यपदाधिकारी, सदस्य, तरुण दलका युवा कार्यकर्ताहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन एल पी पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य सुनीता कुँवरले गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...