HomeEnglishबेङ्गलोरमा भ्रमण वर्ष 2020 सम्मेलन, नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न राजदूत...

बेङ्गलोरमा भ्रमण वर्ष 2020 सम्मेलन, नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न राजदूत आचार्यको आह्वान

बेङ्गलोर, 24 दिसम्बर

भ्रमण वर्ष 2020 लाई व्यापक रुपमा प्रचार-प्रसार गर्ने क्रममा नेपालमा व्यापार र लगानीको सम्भाव्यता खोज्दै कर्नाटकको राजधानी बेङ्गलोरमा भ्रमण वर्ष 2020 सम्मेलनका आयोजना गरिएको छ । सम्मेलनको आयोजना नेपाली दूतावासको सहयोग र भारत-नेपाल केन्द्र/  एसडीएसको तत्वाधानमा पीएचडी च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीले गरेको हो । विभिन्न 2 सत्रमा गरिएको सम्मेलनमा नेपाल भ्रमणका साथै नेपालमा व्यापार र लगानी गर्न आह्वान गरिएको छ । समारोहमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल भ्रमणका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै नेपालका प्रमुख पर्यटकीय स्थलका बारेमा विस्तृत रुपमा बताउनु भएको थियो । भ्रमण वर्षमा 20 लाख पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य लिएको भन्दै राजदूत आचार्यले दक्षिण भारतका मानिसहरुलाई उत्साहजनक रुपमा नेपाल भ्रमण गर्न आह्वान गर्नुभयो ।नेपालमा लगानी र व्यापारको सन्दर्भमा बोल्दै राजदूत आचार्यले लगानीकर्ताहरुलाई लगानीको प्रस्ताव लिएर आउन आग्रह गर्दै उचित वातावाऱण निर्माण गर्ने बताउनुभयो ।

दक्षिण भारतका सरकारी र उद्योग जगतका नीति निर्माता, नेपाली मूलका व्यपारी, प्रवासी नेपाली र विद्यार्थी सहभागि रहेको कार्यक्रममा भ्रमण वर्षलाई थप प्रचार-प्रसारको आवश्यकतामा जोड दिइएको थियो । प्रवासी नेपालीहरुले शपिङ मल जस्ता ठूला-ठूला व्यापारिक प्रतिष्ठानमा भ्रमण वर्ष 2020 को होर्डिङ-ब्यानरहरु लगाउनुका साथै सस्तो र सुन्दर पर्यटकीयस्थलको रुपमा प्रचार हुनुपर्ने सुझाव दिएका थिए ।

समारोहमा राजदूतसहित दूतावासकी आर्थिक (मन्त्री) निता पोखरेल अर्याल, आर्थिक काउन्सलर तीर्थ पौडेल, भारत-नेपाल केन्द्र, पीएचडी च्यामबर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष के वी राजन, कर्नाटक सरकारका पर्यचन विभागका निर्देशक केएन रमेश,  नेपाल एसबीआइ लिमिटेडका प्रवन्ध निर्देशक अनुकुल भटनागर,  कर्नाटक च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष सीआर जनार्धना, बेङ्गलोर च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीका अध्यक्ष देवेश अग्रवाल, भारतीय टूर ओपरेटर एसोशिएशन कर्नाटक शाखाका अध्यक्ष एस महालिङ्गैया लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न प्रवासी संगठनको व्यवस्थापनमा भएको कार्यक्रममा अखिल भारत नेपाल एकता मञ्चका तर्फबाट चक्र बहादुर मलाती, ऐन रावल, जयलाल बिक, विद्यार्थी नेता मिनेश रावल र रबि बोहरा उपस्थित रहेका थिए भने प्रवासी संघ भारतबाट टेक नारायण पौडेल, रामचन्द्र भण्डारी र मुल प्रवाह एकता समाजबाट मदन भण्डारी र देब केसी उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...