दिल्ली, 30 दिसम्बर 2022
ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा ८२ वर्षीय पेलेको बिहीबार दिउँसो स्थानीय समय अनुसार ३:२७ बजे निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको हो । तीन पटक विश्वकप विजेता पेले क्यान्सर, मिर्गौला र मुटुसँग सम्बन्धित रोगबाट पीडित थिए । सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए ।









































