HomeFeatureभरतपुर अस्पतालले बनायो कोरोना भाइरस संक्रमितको उपचार गर्न आइसोलेसन वार्ड

भरतपुर अस्पतालले बनायो कोरोना भाइरस संक्रमितको उपचार गर्न आइसोलेसन वार्ड

 

चितवन, १ फेब्रुअरी
चितवनमा रहेको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताए ।

भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँचबुँदे निर्णय पनि गरेको छ । भाइरसको संक्रमण भएका बिरामीहरुको घाँटीबार्ट यालको नमूना निकाली राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ । साथै, भाइरसका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले बताए ।
अस्पतालले शंकास्पद बिरामीको जाँच गर्न कन्सलटेन्ट फिजिसियन डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई फोकल पर्सन तोकेको छ ।
भरतपुर विमानस्थलमा आउने यात्रुहरुलाई कोरोना भाइरसको संक्रमण भए(नभएको बारेमा जाँच गर्न हेल्प डेस्क राख्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...